हेटौंडा अस्पतालमा ओपीडी समयभर मेडिकल रिप्रेजेन्टेटिभलाई चिकित्सक भेट्न रोक
हेटौंडा । हेटौंडा अस्पताल ले ओपीडी सेवा सञ्चालन हुने समयमा औषधि कम्पनीका मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) हरूलाई चिकित्सक भेट्न रोक लगाएको छ।
अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै ओपीडी सञ्चालन भइरहेका बेला विभिन्न औषधि कम्पनीका एमआरहरूले अस्पतालमा ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट गर्दा उपचारका लागि आएका बिरामीलाई असुविधा भएको र अस्पतालको कार्य वातावरणमा समेत नकारात्मक प्रभाव परेको जनाएको छ।
अस्पतालले यस्तो गतिविधि रोक्नका लागि अब उप्रान्त अस्पताल परिसरभित्र औषधि कम्पनीका व्यावसायिक प्रतिनिधिहरूले आफ्नो कम्पनीको व्यवसायिक प्रवर्द्धनसम्बन्धी काम नगर्न निर्देशन दिएको हेटौडा अस्पतालका प्रवक्ता उत्सव चौलागाईले जानकारी दिनुभयो।
सूचनामा अस्पतालको निर्देशन अवज्ञा गरी यस्तो गतिविधि गरेको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित नियमअनुसार कारबाही गरिने पनि उल्लेख गरिएको छ।
प्रकाशित मिति : शुक्रबार, २०८२ फाल्गुन २९, १६ :३२ बजे



















प्रतिक्रिया