Techie IT
  • २७ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • २७ फागुन २०८२, बुधबार

हेटौंडा सडक विस्तार विवाद- आज पेशी, न्यायाधीश सुवेदी र ढुङ्गानाको संयुक्त इजलासमा


हेटौंडा सडक विस्तारसम्बन्धी विवादमा दायर रिट निवेदनको सर्वोच्च अदालतमा आज पेशी तोकिएको छ। उक्त मुद्दा न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा परेको छ।

ADVERTISEMENT

विन्दवासिनी कंसाकार, महारत्न बज्राचार्य लगायतले दायर गरेको यस मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौं; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; सडक विभाग पाटनढोका ललितपुर; सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर; संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं; जिल्ला प्रशासन कार्यालय हेटौंडा मकवानपुर; जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा हेटौंडा उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ।

ADVERTISEMENT

गत मङ्सिर १६ गते दर्ता भएको यो मुद्दा यसअघि विभिन्न मितिमा पाँच पटकसम्म ‘हटिसकेको’ थियो। पटक–पटक पेशी सरेपछि मुद्दाको सुनुवाइ हुन नसक्दा हेटौंडा सडक विस्तारको काम अझै अन्योलमै परेको छ।

स्थानीयवासी र सरोकारवालाहरूले सडक विस्तार ढिलाइ हुँदा दैनिक आवतजावत, व्यापार व्यवसाय र समग्र शहरी व्यवस्थापनमा समस्या भइरहेको गुनासो गर्दै आएका छन्। आजको पेशीले मुद्दाको दिशा तय गर्ने र सडक विस्तारको भविष्यबारे स्पष्टता आउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

अदालतको आदेशपछि मात्र हेटौंडा सडक विस्तारको काम अगाडि बढ्ने वा नबढ्ने टुंगो लाग्ने देखिएको छ।


प्रकाशित मिति : मङ्लबार, २०८२ पुस २९, १२ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट