Techie IT
Hetauda Khabar

हेटौंडाको राइजिङ पाथमा युके सेमिनार हुँदै


हेटौंडाको राइजिङ पाथ एजुकेशन नेटवर्क कन्सल्टेन्सीले सोमबार युके अध्ययन सम्बन्धी सेमिनार गर्ने भएको छ । उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थीलाई लक्षित गरी राइजिङ पाथले सेमिनार आयोजना गरेको हो ।

सेमिनारमा युकेस्थित विभिन्न युनिभर्सिटीका प्रतिनिधिको उपस्थिति रहनेछ । सुनिल रेग्मी, असिम घिमिरे, निरज गुरुङ र नारायण पौडेल प्रतिनिधिको रुपमा आउने राइजिङ पाथका प्रवन्ध निर्देशक मनिष अधिकारीले जानकारी दिए । ‘युके एजुकेशन डे’ नाम दिएर भोलि बिहान ११ बजेदेखि ३ बजेसम्म निशुल्क सेमिनार गर्न लागिएको उनले बताए ।

सेमिनारमा युकेका युनिभर्सिटीका बारेमा विद्यार्थी तथा अभिभावकलाई सम्पूर्ण जानकारी प्रदान गरिनेछ । उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थीको आकर्षण बढिरहेको छ । युकेको प्रतिष्ठित युनिभर्सिटीलाई लक्षित गरी सेमिनार आयोजना गरिएकाले यसको लाभ लिन अधिकारीले आग्रह गरे ।

‘उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थीका लागि सेमिनार निकै उपलब्धीपूर्ण हुनेछ,’ उनले भने । बिगत केहि वर्षदेखि सञ्चालित राइजिङ पाथलेले युकेसँगै अमरिका, अष्ट्रेलिया, जापान, क्यानडा लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान इच्छुक विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार, सुचना-प्रविधि, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट