Techie IT
Hetauda Khabar

एल. डी. काजी स्मृति गोल्ड कपमा मकवानपुर एफसी पराजित


जारी १८ औं एल. डी. काजी स्मृति गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा मकवानपुर एफसी नेपाल पराजित भएको छ । मकवानपुर एफसीलाई रेड पाण्डा फुटबल क्लबले रोमाञ्चक खेलमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमै दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि रेड पाण्डा टोलीले उत्कृष्ट समन्वय र फिनिसिङ क्षमताको प्रदर्शन गर्दै अग्रता लिएको थियो । दोस्रो हाफमा मकवानपुर एफसीले दुई गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि अन्ततः रेड पाण्डाले थप दुई गोल गर्दै जित सुनिश्चित ग¥यो ।

यस जितसँगै रेड पाण्डा टोली प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ भने मकवानपुर एफसी प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिता सिक्किमको सोरेङ जिल्लाको चाकुङमा  जारी छ ।प्रतियोगितामा विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । मुख्य ट्रफीको फाइनल खेल ९ नोभेम्बर २०२५ मा हुने तय भएको छ, जसले प्रतियोगिताको अन्तिम विजेताको निर्णय गर्नेछ ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट