Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

सिन्धुलीबाट हेटौंडा तर्फ आउदै गरेको बस बकैयामा दुर्घटना, केही गम्भीर घाईते


सिन्धुलीबाट हेटौंडा तर्फ आउदै गरेको बस दुर्घटना भएको छ ।

ADVERTISEMENT

मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषक भ्रमणमा रहेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

बुधबार राति करिब ९:३० बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस सडकको घुम्तीमा अचानक अनियन्त्रित भइ दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार घटनास्थलमा प्रहरी पुगेर घाईतेहरूको उद्धार गरी हेटौंडा अस्पतालतर्फ पठाइएको छ । उनका अनुसार केही घाईतेहरूको अवस्था गम्भीर रहेको छ ।

ADVERTISEMENT

हालसम्म बसमा कति जना सवार थिए भन्ने विवरण खुलेको छैन। यस बारे थप विवरण आउन बाकी छ ।


प्रकाशित मिति : बुधबार, २०८१ चैत्र २७, २२ :४७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट