Techie IT
Hetauda Khabar

हेटौंडा ४ र ५ नम्बर वडाका विद्यालय ३ दिन बन्द


हेटौंडामा अत्याधिक गर्मी बढेकाले उपमहानगरपालिकाका ४ र ५ नम्बर वडाका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । आज वडामा बसेको बैठकले ४ नम्बर वडाका विद्यालय आइतबारदेखि ३ दिन बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

त्यस्तै आइतबारैदेखि ५ नम्बर वडाभरका विद्यालय ३ दिन बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।

पछिल्लो केहीदिन यता हेटौंडामा अत्याधिक गर्मी बढेपछि स्कुले बालबालिका बिरामी पर्न थालेका छन् । अन्य कुनै बिदामा मिलान हुनेगरी केहीदिन विद्यालय बन्द गर्नुपर्ने निजि विद्यालय संचालक, अभिभावक संघलगायतले माग गरेका थिए ।

चौतर्फी आवाज उठेपछि शुक्रवार हेटौंडा उपमहानगरपालिकाले हरेक वडाले आफ्नो क्षेत्रमा आवस्यकता अनुसार बिदा दिन सक्ने भन्दै निर्णय गरेको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट