Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

काठमाडौँमा एकैदिन दुई पक्षको प्रदर्शन सुरु, सुरक्षा व्यवस्था कडा


वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन हुन लागेको छ । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् ।

ADVERTISEMENT

उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्‍यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुगेका छन् ।

ADVERTISEMENT

राजावादी समूहमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपालगायत आबद्ध छन् । सुरुमा विशेषतः प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने भनिएपनि समिति पनि मिसिएको हो ।

समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो भने राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् ।

ADVERTISEMENT

बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायतका क्षेत्रमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरु देखिन्छन् । उनीहरुको जुलुस विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शनीमार्ग पुग्ने छ ।

प्रदर्श हुने भनेपछि तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको मुख्य सडक लेन बन्द गरिएको छ। गणतन्त्रवादी र राजावादी समूहका प्रदर्शनका कारण नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

सम्भावित घटनाबाट जोगिन सर्वसाधारणलाई साइड लेनबाट हिँड्न अनुमति दिइएको प्रहरीले जनाएको छ। शंकास्पद गाडीहरूको चेकिङ गरेर मात्र अघि बढ्न दिइएको छ।

 


प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र १५, ११ :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट