Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

शिवम् सिमेन्ट उद्योगद्वारा चुनढुङ्गा तस्करी प्रकरण: खानी विभागले काट्यो पत्र


हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगलाई खानी तथा भूगर्भ विभागले उद्योग बाहेक अन्यत्र ठाउँमा चुनढुङ्गा निकासी गरेको विषयमा पत्र काटेको छ।

ADVERTISEMENT

मकवानपुरको गढी गाउँपालिकामा रहेको खोरेटार खाने र कलवानस्थित खानीबाट उत्खनन भएको चुनढुङ्गा राजस्व नकाटी कुनै भ्याट बिल प्रयोग नगरी शिवम सिमेन्ट उद्योग बाहेक अन्यत्र बिक्री वितरण गरेको विषयमा विभागमा उजुरी परेपछि यस विषयमा उद्योगलाई विभागले पत्र काट्दै स्पष्टिकरण सोधेको छ।

ADVERTISEMENT

गत फागुन १५ गतेको निर्णयअनुसार फागुन १८ गते शिवम सिमेन्ट लिमिटेडलाई पत्र काटेको हो। ‘खानीबाट उत्खनन भएको चुनढुङ्गा कुनै राजस्व नकाटी कुनै भ्याट बिल प्रयोग नगरी शिवम् सिमेन्ट बाहेक अन्यत्र समेत बिक्री वितरण गर्ने गरेको, राजस्व वा निकासी कर दाखिला नगर्ने गरेको, उत्खनन भएको चुनढुंगा हेटौडा औद्योगिक क्षेत्रमा रहेको पाउडर प्लान्ट लगायत अन्यत्र स्थानमा बिक्री वितरण गर्ने गरेको भन्ने निवेदनमा उल्लेख भएकाले सो सम्बन्धमा के कसो भएको हो खुलाई पठाउनु हुन विभागीय निर्णयअनुसार सूचित गरिन्छ, पत्रमा भनिएको छ’ ।

उद्योगले दैनिक रुपमा निकासी कर र राज्यलाई बुझाउनु पर्ने राजस्व समेत छलेर खोरेटार खानीबाट उत्खनन भएको चुनढुंगा सिधै हेटौडा औधोगिक क्षेत्रमा रहेको लक्ष्मीलाईन भन्ने पाउडर प्लान्टमा लैजाने गर्छ । ढुवानीकर्ताले मकवानपुरगढी गाउँपालिका ७ बाट ढुवानी गरेको चुनढुंगा शिवम् सिमेन्टको नाममा सामान्य चलान मात्र काटी सिधै औधोगिक क्षेत्रमाको प्लान्टमा निकासी गर्ने गरेको छ ।

ADVERTISEMENT

खोरेटार खानीबाट चुनढुंगा बोकेर आउने टिपरले शिवम् सिमेन्टको नाममा चलानी काट्ने गरेको र चुनढुंगा भने औधोगिक क्षेत्रमा रहेको पाउडर प्लान्टमा ढुवानी गर्ने गरेकाले स्थानीयले विरोध जनाउदै आइरहेका छन् ।

उद्योगले हेटौडा औधोगिक क्षेत्रमा रहेको लक्ष्मीलाईन पाउडर प्लान्टलाई ढुंगा ढुवानी गर्दा राज्यलाई करोडौ राजस्वसमेत छल्ने गरेको छ ।

मकवानपुर गढी गाउँपालिकाबाट चुनढुंगा निकासी गर्दा एक मुस्ट स्थानीय तहलाई निकासी कर तिर्ने गरेको कारण सोही स्थानीयतहलाई तिर्ने राजस्व बाटनै खोरेटार खानीबाट हेटौडा १६ हुँदै भित्री बाटो मार्फत सिधै हेटौडा औधोगिक क्षेत्रमा ढुवानी गर्ने गरिएको छ । शिवम् सिमेन्ट उद्योगके भिसिटिएस् नगरी र भ्याट बिल नकाटी, काटा समेत नगरी चुनढुंगा ओसारपसार गर्ने गरेको छ ।

यो पनि पढ्नुहोस् 

पुल नै भाचिने गरी सामान बोक्ने शिवम् सिमेन्टलाई सरकारले तिरायो ८६ लाख क्षतिपूर्ति


प्रकाशित मिति : शनिबार, २०८१ चैत्र २, २२ :४९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट