Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

शिवम् सिमेन्ट उद्योगद्वारा करोडौ राजस्व छली, कर छल्न चोर बाटोबाट चुनढुंगा

उद्योगमा लानुपर्ने ढुंगा अन्यत्रै ओसारपसार


हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगले राजस्व छल्ने गरेको पाइएको छ ।

ADVERTISEMENT

मकवानपुर गढीगाउँपालिकाको ७ नम्बर वडामा रहेको खोरेटार खानीबाट उत्खनन भएको चुनढुंगा हेटौडा १६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योग लिमिटेडले सिमेन्ट उत्पादन गर्नको लागि खानी तथा भूगर्भ विभागले अनुमति दिएको भए पनि उक्त खोरेटार खानीबाट निकालिएको चुनढुंगा अन्यत्र निकासी हुने गरेको पाइएको हो ।

ADVERTISEMENT

दैनिक रुपमा निकासी कर र राज्यलाई बुझाउनु पर्ने राजस्व समेत छलेर खोरेटार खानीबाट उत्खनन भएको चुनढुंगा सिधै हेटौडा औधोगिक क्षेत्रमा रहेको लक्ष्मीलाईन भन्ने पाउडर प्लान्टमा लैजाने गरेको तथ्य बाहिरिएको छ । ढुवानीकर्ताले मकवानपुरगढी गाउँपालिका ७ बात ढुवानी गरेको चुनढुंगा शिवम् सिमेन्टको नाममा सामान्य चलान काटी सिधै औधोगिक क्षेत्रमा रहेको लक्ष्मी लाईन पाउडर प्लान्टमा निकासी गर्ने गरेको स्थानीयले थाहा पाए पछी स्थानीयले हिजो खोरेटार खानीबाट चुनढुंगा बोकेर आउने टिपरलाई मकवानपुरगढी गाउँपालिका २ सोल्टीमोडमा रोकेका थिए ।

ढुवानीकर्ता र स्थानीय बिच हिजो सांझ आगामी दिनमा भिसिटीएस, भ्याट बिल काटेर मात्र ढुंगा ढुवानी गर्ने सहमति भए पछी रोकिएको टिपर छोडिएको थियो । स्थानीय र ढुवानी पक्ष बीच भएको सहमति ढुवानी पक्षले कार्यन्वयन नगरे पछी उक्त स्थानमा चुनढुंगा बोक्ने टिपरहरु रोकिएको हो । टिपरहरु रोकिए पछी राजनीतिका दलको दबाबमा स्थानीय प्रशासनले रोकिएका टिपरहरु खुलाउन प्रहरी प्रशासन प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन् ।

ADVERTISEMENT

खोरेटार खानीबाट चुनढुंगा बोकेर आउने टिपरले शिवम् सिमेन्टको नाममा चलानी काट्ने गरेको र चुनढुंगा भने औधोगिक क्षेत्रमा रहेको पाउडर प्लान्टमा ढुवानी गर्ने गरेको स्थानीयले आरोप लगाएका छन । हेटौडा औधोगिक क्षेत्रमा रहेको लक्ष्मीलाईन पाउडर प्लान्टलाई ढुंगा ढुवानी गर्दा राज्यलाई करोडौ राजस्व छली हुने गरेको पाइएको हो ।

शिवम् सिमेन्टले मकवानपुर गढी गाउँपालिकाबाट चुनढुंगा निकासी गर्दा एक मुस्ट स्थानीय तहलाई निकासी कर तिर्ने गरेको कारण सोही स्थानीयतहलाई तिर्ने राजस्व बाटनै खोरेटार खानीबाट हेटौडा १६ हुँदै भित्री बाटो मार्फत सिधै हेटौडा औधोगिक क्षेत्रमा ढुवानी गर्ने गरेको पाइएको छ । शिवम् सिमेन्टले भिसिटिएस् नगरी र भ्याट बिल समेत नकाटी, काटा समेत नगरी राज्यलाई करोडौ राजस्व छली गर्ने गरेको पाइएको हो ।

शिवम् सिमेन्टले सिमेन्ट तथा किलिंकर बेच्ने अनुमति मात्र पाएको भए पनि उद्योगले राज्यलाई करोडौ राजस्व नोक्सानी हुने गरि चुनढुंगा समेत बिक्रि गर्ने गरेको छ । राज्यलाई तिर्नु पर्ने कर छली गरी ढुवानी पक्षले चरम राजस्व दोहन गरेको भन्दै स्थानीयले आवाज उठाउदै आएका छन्।


प्रकाशित मिति : मङ्लबार, २०८१ फाल्गुन ६, १२ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट