Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मकवानपुरमा आफ्नै साथीलाई कुटपिट गरी हत्या


मकवानपुरमा कुटपिट गरी आफ्नै साथीको हत्या गरिएको छ ।

ADVERTISEMENT

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ प्रतापुर लच्का बस्ने ३४ वर्षिय अम्मर बहादुर लोप्चनले आफ्नै घरमा सुतेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षिय साथी जित बहादुर मोक्तानलाई कुटपिट गरी हत्या गरेका हुन् ।

ADVERTISEMENT

संगै मजदुरी काम गरी हिड्ने दुबै जना प्राय जसो लोप्चनको घरमा सुत्ने गरेको र सुतिरहेको अवस्थामा एक्कासी सावेलले प्रहार गरी घाईते बनाएकोमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानेको छ । राति लेनदेनको कुरामा विवाद गर्दै गर्दा एक्कासी बेल्चाले अम्मरबहादुरले प्रहार गरेर जीतबहादुरलाई घाइते बनाएका थिए ।

मोक्तानलाई कुटपिट गरी घाइते बनाएको र उनको भरतपुर सरकारी अस्पताल चितवन उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए । कुटपिट गर्ने व्यक्तिलाई सावेल सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ मंसिर १३, १२ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट