Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

बाराको रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ


बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहा हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । उनि घटनाको सात महिनापछि बुधबार पक्राउ परेका हुन् ।

ADVERTISEMENT

आदर्शकोतवाल गाउँपालिका-२ घर भएका ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो । सुरेन्द्र नेपाली सेनाका भगौडा रहेको डीएसपी प्रकाश सापकोटाले बताए ।

ADVERTISEMENT

क्याम्पस प्रमुखको हत्यामा सुरेन्द्रले १७ जनालाई प्रयोग गरेको प्रहरीको भनाइ छ । गत जेठ ३२ गते साँझ कलैया बजार आउने क्रममा हरिभुषणलाई गोली हानिएको थियो ।

तत्कालै पक्राउ परेका चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेदकुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रह्मदेव राम, मोतीलाल चौधरीमध्ये राधेश र विनोद धरौटीमा छुटेको बाँकी पुर्पक्षको लागि थुनामा गइसकेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ मंसिर १३, ११ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट