Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

४६ हजार युरो र अमेरिकी डलर सहित हेटौंडाबाट तीन भारतीय नागरिक पक्राउ


श्रोत नखुलेको युरो र अमेरिकी डलर सहित मकवानपुर प्रहरीले तिनजना भारतीय नागरिकलाई हेटौंडाबाट पक्राउ गरेको छ ।

ADVERTISEMENT

आइतबार राती काठमाडौंबाट हेटौडा तर्फ आउँदै गरेको बा-प्र.०३-००१ ज ०७६५ नं को इभी माइक्रो बसमा सवार तीनजना भारतीय नागरिकको साथबाट अमेरिकी डलर ३२ हजार र युरो १४ हजार बरामद गरेको प्रहरीले जनाएको छ

ADVERTISEMENT

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका विजय सिंह कुश्वाह, प्रशान्त पाठक तथा राजस्थानका राहुलकुमार माण्डवत रहेका छन् । कुश्वाहको साथबाट १२ हजार अमेरिकी डलर, पाठकको साथबाट १४ हजार युरो र माण्डवतको साथबाट २० हजार अमेरिकी डलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको रकमको हालको नेपाली बजार मूल्य अनुसार अमेरिकी डलरको ४३ लाख २० हजार ५ सय १५ रुपैयाँ र युरोको १९ लाख ६९ हजार ५ सय १५ गरी जम्मा नेपाली रुपैया ६२ लाख ९० हजार ३५ रुपैया हुन आउछ ।

ADVERTISEMENT

पक्राउ गरिएकालाई आवस्यक अनुसन्धान गरी कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाउने प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : सोमवार, २०८१ मंसिर १०, ११ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट