Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

सूचना लुकाउने हेटौंडाका थप बाह्र निजी विद्यालयलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आयोगको आदेश

आफ्नो ठगी धन्दा बाहिर आउने डरले सूचना लुकाउछन् निजी विद्यालय


सूचना लुकाउने हेटौंडाका थप बाह्र ओटा निजी विद्यालयलाई राष्ट्रिय सूचना आयोगले सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

ADVERTISEMENT

विद्यालय संग सरोकार राख्ने विषयमा विभिन्न सूचना माग गरिएकोमा नदिएपछी आयोगले गत १४ गते लिखित जवाफ पेश गर्न आदेश गरेको हो । सूचना लुकाउने हेटौंडाको जेनिथ स्कूल, हेटौंडा मोर्डन स्कूल, सत्यम जेवियर्स, माउन्ट एभरेस्ट, रेडरोज, अरनिको, जेम्स, कमाने एकेडेमी, कृष्ण आदर्श मावि, रिलायन्स, सेमेनारी र सनराइज अंग्रेजी माध्यमिक विद्यालयलाई आयोगले लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।

ADVERTISEMENT

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्त कमला ओली थापा र रत्नप्रसाद मैनालीको उपस्थितिमा आयोगले हेटौंडाका १२ निजी विद्यालयलाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो । आयोगले यसअघि यहाँका ७ निजी विद्यालयलाई माग बमोजिमको सूचना उपलब्ध गराउनु भनि आदेश गरेको थियो ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ र प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनि उल्लेख गरेको छ । सोही ऐन अनुसार हेटौंडाका निजी विद्यालयहरुमा सूचना माग गरिएको थियो तर आफ्नो समयावधि भित्र विद्यालयले सूचना नदिएको र सूचना लुकाएपछी हेटौंडा खबरका संचालकसमेत रहेका रविन्द्र गौतमले सूचना नदिएका विद्यालयविरुद्ध पुनरावेदन गरेका थिए ।

ADVERTISEMENT

सोही पुनरावेदन उपर आयोगले गत १४ साउनमा सूचनाको हक सम्बन्धि ऐनको दफा १० को उपदफा २ अनुसार ७ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा १ अनुसार सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना अधिकारीको व्यवस्था गर्नेछ भनि उल्लेख छ । तर यहाँका विद्यालयले सूचना अधिकारीसमेत राखेका छैनन् ।

आम नागरिक वा विद्यालयकै विद्यार्थी, अभिभावकले विद्यालयको सूचना, जानकारी लिन खोज्दा अधिकांस विद्यालयले सूचना लुकाउने गरेका छन् । विभिन्न बहानामा चर्को शुल्क उठाउने र कर छल्ने गरेका यहाँका निजी विद्यालयले आफ्नो ठगी धन्दा बाहिर आउने डरले सूचना लुकाउने गरेका हुन् ।

सूचना लुकाउने हेटौंडाका निजी विद्यालयलाई सूचना आयोगको आदेश

रोकिएको छैन हेटौंडाका निजी विद्यालयको ठगी धन्दा, न राख्छन् सूचना अधिकारी न दिन्छन् सूचना

हेटौंडाका अधिकांस निजी विद्यालयको लुट धन्दा, अनेक शिर्षक राखेर चर्को रकम असुली, हेटौंडा उपमहानगर चुपचाप


प्रकाशित मिति : आइतवार, २०८१ साउन २०, २० :०६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट