Techie IT
Hetauda Khabar

नवोदय शिशु सदनका पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थी दीक्षित


हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविले पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ ।

मङ्गलबार एक कार्यक्रमका बीच युकेजी तहको अध्ययन पूरा गरेका ९० जना विद्यार्थीलाई दीक्षित गरिएको हो । दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ । पूर्व प्राथमिक तह निवर्तमान संयोजक अनिता गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीले नृत्य, गायन, उद्घोषण, नाटक कला प्रस्तुत गरेका थिए । विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अभिभावकले समेत नृत्यु प्रस्तुत गरेका थिए ।

अभिभावकको तर्फबाट फुन्चु रुम्बाले मन्तव्य राख्नुभएको थियो । विद्यालयको पूर्वप्राथमिक तह संयोजक एलिशा जोशीको अध्यक्षता तथा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, प्रिन्सीपल मनोज थिङ, मावि संयोजक सीएम रिमाल, मावि तहका शैक्षिक प्रमुख मञ्चन तिवारी, प्राथमिक तह शैक्षिक प्रमुख सचिता पाण्डेको पनि आतिथ्य रहेको थियो ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट