Techie IT
  • १३ वैशाख २०८३, आईतबार
Hetauda Khabar
  • १३ वैशाख २०८३, आईतबार

नवोदय शिशु सदनका पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थी दीक्षित


हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविले पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ ।

ADVERTISEMENT

मङ्गलबार एक कार्यक्रमका बीच युकेजी तहको अध्ययन पूरा गरेका ९० जना विद्यार्थीलाई दीक्षित गरिएको हो । दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ । पूर्व प्राथमिक तह निवर्तमान संयोजक अनिता गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।

ADVERTISEMENT

अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीले नृत्य, गायन, उद्घोषण, नाटक कला प्रस्तुत गरेका थिए । विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अभिभावकले समेत नृत्यु प्रस्तुत गरेका थिए ।

अभिभावकको तर्फबाट फुन्चु रुम्बाले मन्तव्य राख्नुभएको थियो । विद्यालयको पूर्वप्राथमिक तह संयोजक एलिशा जोशीको अध्यक्षता तथा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, प्रिन्सीपल मनोज थिङ, मावि संयोजक सीएम रिमाल, मावि तहका शैक्षिक प्रमुख मञ्चन तिवारी, प्राथमिक तह शैक्षिक प्रमुख सचिता पाण्डेको पनि आतिथ्य रहेको थियो ।


प्रकाशित मिति : बुधबार, २०८० चैत्र २८, ११ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट