Techie IT
Hetauda Khabar

नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा आर्मीको विजयी सुरुआत


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा आजदेखि सुरु भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले विजयी सुरुआत गरेको छ ।

व्यास नगरपालिका–१ निर्मल माविस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा मधेश प्रदेशलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मीले विजयी सुरुआत गरेको हो । विजयसँगै त्रिभुवन आर्मी क्लवले दुई अङ्क जोडेको छ ।

त्रिभुवन आर्मी क्लवले मधेश प्रदेशलाई ७१–१३ अङ्कले पराजित गरेको नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थबाणिज्य, खेलकुद, फोटो फिचर, भिडियो, मनोरञ्जन, मुख्य खबर, रोचक, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय, स्वास्थ्य-जिवनशैली

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट