Techie IT
Hetauda Khabar

जिल्ला अदालत मकवानपुरको नवनिर्मित भवनको उद्घाटन्


मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन् गरिएको छ ।  ७१ वटा कोठा रहेको नव निर्मित सुविधा सम्पन्न भवनको आज प्रधानन्यायधिश बिश्वम्भर प्रसाद श्रेष्ठले उद्घाटन् गरेका हुन्  ।

उद्घाटन् कार्यक्रममा बोल्दै उनले न्यायपालिका तथा अदालत प्रतिको विश्वास र भरोसालाई कायम राख्नुपर्ने धारणा राखे  । सुविधासम्पन्न पाँच तल्ले भवनमा भुमिगत पार्किङसहित अपाङ्गमैत्री सुविधा रहेको छ । भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि दुइवटा लिफ्टको व्यवस्थापन गरिएको छ ।

१० कठ्ठा क्षेत्रफलमा निर्मित भवनमा ४८ वटा सिसिटिभी, प्रहरी विट, आधुनिक चमेनागृह रहेको छ । जिल्ला अदालतको भवनमा पाँचवटा अपाङ्गमैत्री शौचालय समेत रहेका छन् ।

भवनमा पुस्ताकलय, कानुन ब्यबसायी प्रतीक्षा कक्ष, सुपरिवेक्षण कक्ष, सभाहल, सूचना कक्ष, मेलमिलाप कक्ष, पोषण कक्ष लगाएको सुविधा रहेको छ ।

२७ करोड ८९ लाख १४ हजार १ सय ६७ रुपैयाँमा बोलपत्र भएको भवनलाइ काठमाडौको नवसिर्जनशिल/स्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । तर मुल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट