Techie IT
Hetauda Khabar

माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर हुने


काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो ।

सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियान चलाउने निर्णय भए पनि कार्यविभाजन गर्न बाँकी रहेको छ। जुन आज सकाउने बुझिएको छ ।

साथै, माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाइ सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजायँ गर्ने पनि जनाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट