Techie IT
Hetauda Khabar

शिवम् सिमेन्ट उद्योगको गैरकानुनि धन्दा, गढीमा खोलै पुरेर खानी संचालन


हेटौंडामा रहेको शिवम्  सिमेन्ट उद्योगले मकवानपुरगढी गाउँपालिका-७ स्थित खोटार खानी मापदण्ड विपरित संचालन गरेको छ ।

खानि विभागले तोकेको मापदण्ड विपरित खानी संचालन गरेको उद्योगले खानीबाट निस्किएको ओभरबटमसमेत जथाभावी फालेको र खोला नै पुरेको पाइएको छ ।

खानीबाट निस्किएको ओभरबटमलाई अव्यवस्थितढंगबाट जथाभावीरुपमा सामरी खोलामा फाल्दा ठूलो मानववस्ती जोखिममा परेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । ‘सुकौरा, कुर्ले, डुम्रेकुना, धमिले, झल्ला, धादिङ लगायतका क्षेत्रमा रहेका मानवबस्तीलाई प्रत्यक्ष असर गर्ने गरी खानी संचालन गरिएको छ ।

मकवानपुर गढी गाउँपालिका स्थित खोटार खानीमा भएको अव्यवस्थित उत्खननका कारण उत्पन्न समस्याहरुका बारे ब्यापक जनगुनासो आएपछी शनिबार संघीय सांसद महेश कुमार बतौलाको नेतृत्वमा खानी क्षेत्रको निरिक्षणसमेत गरिएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, राजनीतिक दलका प्रतिनिधि, पालिकाका जनाप्रतिनिधिलगायत निरिक्षणमा सहभागी थिए  ।

निरिक्षणको क्रममा शिवम सिमेन्ट उद्योगले खानी संचालन गर्दा मापदण्ड विपरित कार्य गरेको देखिएको हो उद्योगले मनपरी रुपमा जंगलनै फडानी गरेर खानि संचालन गरेको पाइएको छ भने, ढुंगा उत्खनन् गरेपछी निस्किएका ओभरबटम जथाभावी फालेको पाइएको छ खोटार स्थित खानीको ठिक तल पर्ने खोलानै उद्योगले पुरेको छ ।

शिवम् सिमेन्टको मकवानपुरगढी–७, सुकौरास्थित खोटार र वडा नम्बर–८ मा सञ्चालित खानीले ओभरबटम सामरी खोलामा फ्याँक्दा सुकौरा, डुम्रेकुना, धमिले, झल्लादेखि चौकीटोलसम्मको क्षेत्रको मानववस्ती, खेतीयोग्य जमिन, विद्यालय, खानेपानीको मुहानमा प्रत्यक्ष  असर पुर्‍याएको छ ।

उद्योगले स्थानीयको उठिबास बनाउदा पनि सरकारी निकायले कुनै चासो नदिएको र स्थानीय सरकारलेसमेत बेवास्था गरेको पिडितको गुनासो छ ।

खानीले दिएको दुखबारे जिल्ला प्रशासन, पालिका र उद्योगमा धेरै पटक धाएपनि यसबारे समाधानको उपाय कसैले नाकिकालेको स्थानीयको गुनासो छ ।

खानीद्वारा प्रभावित भैरहदा नजिकैको सरकार मानिने वडा अध्यक्ष र वडा कार्यालयदेखि सबै उद्योगसंगको सेटिंगमा चलेकाले आफ्नै ठाउँको जनताको दुख नदेखेको स्थानीय रामेश्वर ढुंगानाको आरोप छ ।

उता निरिक्षणको क्रममा पुगेका मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले मापदण्ड विपरितका कार्य तत्काल रोकेर उद्योगलाई ओभरबटम व्यवस्थापन नगरी खानी संचालन नगर्न आग्रह गरेर फर्किएका छन्  ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट