Techie IT
Hetauda Khabar

काठमाडौं महानगरबाट ठेला खोसिएकी महिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा


काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेपछि अलपत्र परेकी शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए ।

शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भइरहेको बेला हर्कले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्- यी बैनी को हुन् रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थबाणिज्य, खेलकुद, फोटो फिचर, भिडियो, मनोरञ्जन, मुख्य खबर, रोचक, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय, स्वास्थ्य-जिवनशैली

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट