Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

केपी ओली आँटीलो नेता हुन्, देशलाई गुन लगाएका छन्- कमल थापा


नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रियता बोक्न सक्ने आँटीलो नेता भएको बताएका छन् । शनिबार मकवानपुरको बकैया गाउँपालिकामा आयोजीत चुनावी सभा र विद्यार्थी भेलामा बोल्दै थापाले उनले नाकाबन्दीको समयमा चट्टानी अडान लिएको र राष्ट्रियताको सवालमा ऐतिहासिक निर्णय लिनसक्ने नेता ओली नै भएको बताए ।

ADVERTISEMENT

उनले ओलीजस्तो दृढ आडन र राष्ट्रवादी सोच भएको नेताले यो देशलाई संकटबाट मुक्त तुल्याउनका लागि ऐतिहासिक निर्णय लिनसक्ने भन्दै आफु ओलीसँग एउटै सरकारमा रहेर काम गरे पनि अहिले पनि सम्झन लायक रहेको बताए ।

ADVERTISEMENT

उनले भने,’ दुई वटा कामका लागि ओलीलाई सधैँ देशले सम्झिनेछ,  मधेशमा देखा परेको पृथकताबादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम’, लिम्पियाधुरा लिपुलेकसहितको नक्सा ल्याएर ओलीले देशलाई गुन लगाउनुभएको छ,’ उनले भने ।

चुच्चे नक्सा बनाएर नेपाल र नेपालीलाई गुन लगाएकोले राष्ट्रवादी शक्तिले जित्नुपर्ने उनले बताए  ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०७९ कार्तिक २६, २० :१२ बजे
ट्याग : #आमनिर्वाचन, #कमल थापा, #चुनाव, #प्रतिनिधिसभा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट