Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको माला लगाएर स्वागत


रौतहट २५ माघ ।  रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १० औ  जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा  अध्यक्ष ओलीले कार्यक्रमको उद्घाटन गरेका छन्।

ADVERTISEMENT

उनलाई आयोजक एमाले जिल्ला कमिटी रौतहटले १०१ किलोको माला लगाएर स्वागत गरेको हो।   गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औ जिल्ला अधिवेशन हुँदै छ । अधिवेसनमा ओली संगै केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई,अर्का केन्द्रिय सचिब तथा कोशी प्रदेश ईन्चार्ज रघवीर महासेठ लगायतको उपस्थिति थियाे ।

ADVERTISEMENT

नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा स्वागत जिल्ला संयोजक सच्चिदानन्द साहले स्वागत मन्तब्य राखेका थिए। हालसम्म केन्द्रिय सदस्य उदव रेग्मी, अजयकुमार गुप्ता, लेखा आयोग सदस्य राजकिशोर यादव, प्रदेश सहसचिव आरती भण्डारी, प्रदेश कमिटी सदस्य रामजी साह,लगायतका वक्ताहरुले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलाई गद्दारको संज्ञा दिएका छन।

त्यसैगरी श्रीराम सुगर मिल्स सञ्चालनको माग गरेका थिए। वक्ताको रुपमा पार्टी केन्द्रिय सदस्य पुरुषोतम पौडेलले सम्बोधन गर्दै छन्।

ADVERTISEMENT

भोलिसम्म चल्ने अधिवेशनले  रौतहटमा नया जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागी चारजनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानिय नेताहरुले बताएका छन ।


प्रकाशित मिति : बिहिबार, २०८० माघ २५, १५ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट