खाना अड्किएर चितवनमा एक जनाको मत्यु
चितवन,२४ माघ । चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् ।
कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : बुधबार, २०८० माघ २४, ०८ :१९ बजे






















प्रतिक्रिया