Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

दिपक सिंह भन्छन्- परिणाम हाम्रो पक्षमा आउछ


राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार दीपक बहादुर सिंहले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताएका छन्।

ADVERTISEMENT

शुक्रवार हेटौंडा १५ र ९ नम्बर वडाको घर दैलो अभियानका क्रममा सिंहले राप्रपाले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताए। राप्रपाले जनताको साथ र समर्थन पाइरहेको र आगामी निर्वाचनमा पनि पाउने उनले बताए ।

ADVERTISEMENT

निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेले फैलाएको भ्रमहरु जनताले बुझिसकेको बताउदै उनले राजनीतिक स्थायीत्व, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक विकास र समृद्धि लगायतका मुद्धाहरुलाई आफुले मूल एजेन्डा बनाएर अघि बढेकोले यसपाली जनताले पत्याउने बताए ।

 

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ कार्तिक २५, २१ :१६ बजे
ट्याग : #आमनिर्वाचन, #चुनाव, #दिपक बहादुर सिंह, #निर्वाचन, #प्रतिनिधिसभा, #मकवानपुर

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट