Techie IT
Hetauda Khabar

धनगढीमा घरको ५ औं तलाबाट हाम्फालेर व्यवसायीले गरे आत्महत्या


धनगढीमा आफ्नै घरको ५ औं तलाबाट हाम फालेका व्यवसायी सन्तोष अग्रवालको मृत्यु भएको छ । बुधबार धनगढीको बसपार्कस्थित आफ्नै घरको ५ औं तलाबाट हाम फालेका अग्रवालको अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

घरको ५ औं तलाबाट हाम फालेपछि उपचारका लागि नजिकै रहेको नवजिवन अस्पताल पुर्याएकोमा चिकित्सकले अग्रवाललाई मृत घोषणा गरेको हो ।

हाल उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। उनको टाउकोको बायाँ पट्टीको भाग फुटेको थियो। उनी घरको ५ औं तलाबाट हाम फाल्नुको कारण भने खुलेको छैन। अग्रवाल बसर्पाकस्थित सन्दीप स्टोरका सञ्चालकसमेत हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट