Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

चुनाव जितेपछि विकासको लहर ल्याउँछौँ- विरोध खतिवडा


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले सो क्षेत्रमा विकासको लहर ल्याउने बताएका छन् ।

ADVERTISEMENT

गठबन्धनको राक्सिराङ १,२ र ३ को संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खतिवडाले आफु ८ महिना सरकारमा रहँदा धेरै काम गरेको बताउँदै आफुलाई मत दिनसमेत आग्रह गरेका छन् । ‘केपी ओलीले बाँदर प्रवृत्ति देखाए, सिस्टम मिचे, संविधान भत्काए, ४ वर्षसम्म सरकारको नेतृत्व गर्दा केही गरेनन् । गठबन्धनबाट म ८ महिना सरकारमा रहँदा जनताको लागि धेरै काम गरेँ । त्यसकारण अब एमाले पत्तासाफ हुँदेछ ।’ उनले भने ।

ADVERTISEMENT

उनले गाँजालाई बैधानिक गर्न गठबन्धन तयार रहेको बताए । गाँजा ओसारपसार गरेकै भरमा कोही जेल नजाने आश्वासन दिए । माओवादी केन्द्र राक्सिराङका अध्यक्ष ओमकार घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका प्रदेशसभा (ख) का उम्मेदवार ईन्द्र बानियाँ, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पालिका सभापति विरेन्द्र जिम्बा, चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङ्ग, कांग्रेस नेता पदमबहादुर तितुङ, राजकुमार मल्ल, सन्तबहादुर चेपाङ , नेतृ पूर्णिमा दोङ्ग, रजनी थापा, उमा दाहाल, एकीकृत समाजवादीका नेता राजाराम स्याङ्तान, कृष्णबहादुर चेपाङ, माओवादी केन्द्रका नेता ओम घलान , बनस्तम थिङलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकार सरोज लामिछाने, उर्गेन दोङ, शिवा भण्डारी, करिष्मा ढकाललगायत विभिन्न कांग्रेसका गीतहरु गाएर नेता तथा कार्यकर्ताहरुलाई नचाएका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ कार्तिक २१, १९ :३५ बजे
ट्याग : #आमनिर्वाचन, #इन्द्र बानियाँ, #चुनाव, #प्रतिनिधिसभा, #मकवानपुर, #विरोध खतिवडा, #हेटौंडा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट