Techie IT
Hetauda Khabar

भालुवाङ बस दुर्घटनाका घाइतेको प्रभावकारी उपचारका गर्न प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा घाइतेको प्रभावकारी उपचार गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशन शनिबार निर्देशन दिएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका छन् ।

शुक्रबार राति बाँकेको नेपालगञ्जबाटकाठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा बाह्र जनाको मृत्यु भएको थियो भने तेइस जना घाइते भएका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट