Techie IT
Hetauda Khabar

आजको मौसम : आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना


हेटौंडा । देशका पहाडी क्षेत्रमा आजको मौसम आंशिक बदली छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

मधेस प्रदेशसहित तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागेको छ ।

आज कोशी र बागमतीसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । अहिले उल्लेखनीय मौसमी प्रणाली छैन तर दिउँसोदेखि पश्चिमी वायुको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ । हिजो बिहान ८ दशमलव १ डिग्री रहेकोमा आज न्यूनतम तापक्रम घटेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट