Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सुझाव


समाजवादी मोर्चाले अध्यादेश ल्याएर भएपनि प्रदेशलाई अधिकार दिन सरकारलाई सुझाव दिएको छ ।

ADVERTISEMENT

बुधबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मोर्चाको बैठकले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ नगर्न सरकारलाई सुझाव दिएको हो ।

ADVERTISEMENT

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध अभियान चलाएर इतिहासमै राम्रो काम गरेकोमा धन्यवाद दिएको र संघीयता, धर्मनिरपेक्ष लगायतका विषयमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिएको बताए ।

‘संघीयता, धर्मनिरपेक्ष लगायतमा जुन ढंगले विविध रुपमा देश भित्र र बाहिरका कतिपय शक्ति लागेका छन्, त्यसलाई सरकारले निस्तेज पार्दै गएको छ । अहिले जे जति उपलब्धि हासिल भएको छ, त्यो उपलब्धिहलाई संरक्षण गर्दै अझ थप उपलब्धि प्राप्तिका लागि जानुपर्छ, संघीयता कार्यान्वयनका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्छ’, उनले भने, ‘प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश बोझ हो कि भन्ने सन्देश प्रवाह भइरहेको छ । यसलाई कार्यान्वयन गर्न पनि समाजवादी मोर्चाले सल्लाह गरेको छ । अध्यादेश नै ल्याएर भएपनि यो कार्यान्वायन गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ ।’

ADVERTISEMENT

बैठकमा मोर्चाको संगठन विस्तारबारे पनि छलफल भएको उनकाले जानकारी दिए ।


प्रकाशित मिति : बुधबार, २०८० पुस ११, १२ :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट