Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव सुरु


चितवनमा आजदेखि हात्ती महोत्सव शुरु हुँदैछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि यही पुस १४ गतेसम्म ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना गरिएको हो । यसअघि कोभिड–१९ का कारण रोकिएको महोत्सव यस वर्ष हुन लागेको हो ।

ADVERTISEMENT

होटल सङ्घ नेपाल ९हान० अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संरक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएशनको सह–आयोजनामा १७औँ संस्करणको महोत्सव हुन लागेको हो ।

ADVERTISEMENT

सङ्घका अनुसार महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको छ । महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ । महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित देशकै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ।

महोत्सव सकिएलगत्तै क्षेत्रीय होटल सङ्घले नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा यही पुस १५ गते विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको क्षेत्रीय होटल सङ्घ चितवनका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० पुस १०, १२ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट