Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रधानमन्त्रीको योजना


प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढिरहेको बताएका छन्।

ADVERTISEMENT

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १३१औं माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

ADVERTISEMENT

उनले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामहरुका बारेमा जनतालाई जानकारी गराउने बताए। उनले परम्परा तोडेर प्रधानमन्त्रीको रुपमा नयाँ काम गर्ने योजना आफ्नो रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरुलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरुसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताए।

ADVERTISEMENT

प्रधानमन्त्री प्रचण्डले भने– ‘सरकारको कुरा त अहिले भन्न सम्भव छैन। आज मैले प्रधानमन्त्रीको हैसियतमा राष्ट्रको नाममा सम्बोधन गर्दैछु। त्यसको अन्तिम तयारी भइरहेको छ। त्यसमा मुख्यता १ वर्षमा हामीले के काम गर्‍यौँरु के गर्न पाएनौँ, सकेनौँ, कहाँ जोड दिनुपर्छ भन्नेकुरा र भोलिदेखि अर्को वर्ष सुरु हुन्छ, हामीले त्यो नयाँ वर्षमा कस्ता काम प्राथमिकतामा राख्छौँ रु मैले भनेको छु, अलिकति परम्परा बसेको कुरालाई तोडेर नयाँ काममा जाने काम सुरु गरेको छु। सिंहदरबारको कामलाई र मन्त्रालयको कामलाई मन्त्री र मन्त्रालयका सचिवहरुले कति काम गरे कि गरेनन्रु किन गरेनन् के भयो भन्नेकुरालाई आफैँ १० बजे सिंहदरबार उपस्थित हुने र मन्त्रीहरुसँग विस्तृत् रुपले छलफल गर्ने र परिणाम निकाल्ने तयारी गर्नु भनेको छु। त्यो कामको सुरुवात म आफैँले गरेको छु। आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी तयारी गरिसकेको छु। अर्को वर्ष हामीले विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउनै पर्छ।’


प्रकाशित मिति : मङ्लबार, २०८० पुस १०, १२ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट