Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

टिकटक प्रतिबन्धविरुद्ध दायर रिटको सुनुवाइ अर्को वर्षलाई सर्‍यो


टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्धको दायर रिट निवेदनमाथि यो वर्ष सुनुवाइ नहुने भएको छ। बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी रहेको मुद्दा हेर्न नभ्याउने भएपछि सुनुवाइको पालो अर्को वर्ष अर्थात् २०८१ सालका लागि सरेको हो।

ADVERTISEMENT

टिकटक प्रतिबन्धविरुद्धको मुद्दामा सुनुवाइका लागि आगामी वर्षको वैशाख २७ गतेलाई पेसी तोकिएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतले मंसिर ५ गते कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सरकारसँग लिखित जवाफ मागेको थियो।

ADVERTISEMENT

सरकारका तर्फबाट लिखित जवाफ पेस भइसकेको छ। पछिल्लो समय पेसी तोकिने र सुनुवाइ नहुने हुँदै आएको थियो। यसअघि मंसिर १९ र २७ गते सो मुद्दाको पेसी तोकिएको थियो। दुवै पटक सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।
सरकारले कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट निवेदन दायर भएका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० मंसिर २८, १३ :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट