Techie IT
Hetauda Khabar

जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा संलग्न २४ जनालाई जन्मकैद


रुकुम पश्चिममा ६ जनाको हत्या हुने गरी साढे तीन वर्षअघि भएको घटनाका दोषीलाई जन्मकैदनको सजाय भएको छ । आठजनाले सफाइ पाएका छन् ।तीन दिनको निरन्तर सुनुवाइपछि जिल्ला अदालत रुकुम पश्चिमले आज फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि हाल कारागारमा रहेका २३ जना र अभिभावकको जिम्मा लगाइएका एक नाबालकसहित २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

कर्तव्य ज्यानमा जन्मकैद सुनाइएका उनीहरूलाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत सुनाइएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले नयाँ पत्रिकालाई जानकारी दिए ।

नाबालिकासहित दुईजनालाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना गरिएको कोइरालाले बताए । उनका अनुसार आठजनाले सफाइ पाएका छन् ।

जन्मकैदको सजाय पाउनेमा चौरजहारी नगरपालिका वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल छन् ।

यस्तै, सर्वजित भनिने सविन पुन, परिवर्तित नाम ५४ रुकुम पश्चिम ९३६० १, परिवर्तित नाम ५४ रुकुम पश्चिम ९३६० ३, तिलक चन्द र इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरीलाई पनि जन्मकैदको सजाय भएको सूचना अधिकारी कोइरालाले जानकारी दिए ।

उनका अनुसार लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर ९जि।एम।०, विराज पुनमगर, भीमबहादुर पुन, रमित पुनमगर, विष्णु मल्ल र परिवर्तित नाम ५४ रुकुम पश्चिम ९३९० लाई पनि जन्मकैद सजाय फैसला भएको छ ।

२३ जना कारागारमै रहेका छन भने परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९ लाई अभिभावकको संरक्षणमा छाडिएको थियो । परिवर्तित नाम ५४ रुकुम पश्चिम ९३६० २ र परिवर्तित नाम ५४ रुकुम पश्चिम ९३६० लाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना गरिएको कोइरालाले जानकारी दिए ।

यसै घटनाका प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर बुढा, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दले सफाइ पाएका छन् ।

गत १० जेठ ०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा अकल्पनीय हत्याकाण्ड भएको थियो ।

आफूभन्दा कथित ‘माथिल्लो’ जातकी युवतीसँग प्रेम गरेको भन्दै जाजरकोटका नवराज विक र उनका पाँचजना साथीलाई लखेटी–लखेटी हत्या गरिएको थियो । कतिपयलाई जिउँदै हातखुट्टा बाँधेर भेरी नदीमा फालिएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट