Techie IT
Hetauda Khabar

जाजरकोटमा चिसोका कारण एक बालिकाको मृत्यु


जाजरकोटमा चिसोबाट एक बालिकाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका– १ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

चिसाले बालिकालाई निमोनिया भएपछि उपचारका लागि छेडागाड नगरपालिकाको मटेलास्थित मेडिकलमा लैजाने क्रममा उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

गत कात्तिक १७ गते गएको भूकम्पपछि सुनीलको परिवार त्रिपालमुनि बस्दै आएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट