Techie IT
Hetauda Khabar

बैतडीबाट सुरु भयो एमालेको मध्यपहाडी संकल्प यात्रा


नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा बिहीबारदेखि शुभारम्भ भएको छ ।

यात्राको एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमकाबीच शुभारम्भ गरे । उनले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सम्मृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न अभियान थालिएको बताए। अस्थिर राजनीतिलाई अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरेका हुन् ।

संकल्प यात्रासंगै ओलीले त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, शहीद दशरथचन्द, बलदेब रिचपलेको सालिकमा माल्यर्पण गरेका हुन् । उनले आजै गोठलापानीमा आयोजना गरिएको आमसभा सम्बोधन गर्नुहुनेछ ।

संकल्प यात्राअघि हिजो पाटनमा आयोजना गरिएको अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गरेका थिए। यात्रा मध्यपहाडी लोकमार्ग केन्द्रीत भएको एमालेले जनाएको छ । राष्ट्रिय एकताको सबल आधार निर्माण गर्ने उद्देश्यले अभियान आयोजना गरिएको एमालेको भनाइ छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट