Techie IT
Hetauda Khabar

मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु


मकवानपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका चितवन राप्ती नगरपालिका- १ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको हो ।

आज बिहान करिब सवा १० बजे मनहरी गाउँपलिका– ६ खयर घारी गाउँ नजिक राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा खर काट्न गएका पौडेललाई बाघले आक्रमण गरेको थियो  ।

बाघको आक्रमणबाट मृत्यु भएको खबर पाएपछि अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्  ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट