Techie IT
Hetauda Khabar

फेसबुकले हटायो नेपालको चर्चित ग्रुप ‘एमआरआर’


 युवा पुस्तामा लोकप्रिय बनेको फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) फेसबुकबाट हटेको छ । फेसबुकको मातृ कम्पनी मेटाले ‘कम्युनिटी गाइडलाइन्स’ उलङ्घन गरेको भन्दै उक्त ग्रुप हटाएको हो ।

चुनावको बेला सामाजिक सञ्जालबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न निर्वाचन आयोगले सामाजिक सञ्जालका विभिन्न कम्पनीहरूसँग सहकार्य गरिरहेको छ । याेसँगै मेटाले यस्ता पेज तथा ग्रुपहरूमा निगरानी गरिरहेकाे छ ।

युवाको बाक्लो जमात भएको एमआरआर ग्रुप मनोरञ्जन, सामाजिक कार्यमा संलग्न थियो । चुनाव नजिकिएसँगै याे ग्रुपमा पछिल्लो समय राजनीतिक विषयमा पाेस्ट र अन्तर्क्रिया हुँदै आएको थियो । कुन पोस्टले ‘फेसबुक गाइडलाइन्स’ उलङ्घन गरेको भन्ने नखुले पनि ‘नो नट अगेन’सँग सम्बन्धित पोस्टले गर्दा नै ग्रुप निष्कृय बनेको आशंका गरिएको छ ।

एमआरआरका एड्मिनहरूले उक्त ग्रुप फिर्ता ल्याउने प्रयास गरिरहेका छन् ।


क्याटेगोरी : समाचार, सुचना-प्रविधि

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट