Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

पर्सामा एकै दिन ५४२ जनाले गरे एमाले परित्याग


एमाले पर्साका ५४२ जना सदस्यले पार्टी परित्याग गरेका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै दुई जना संविधान सभा सदस्यसहित ५४२ जनाले एमाले पर्सा परित्याग गरेका हुन्।

ADVERTISEMENT

एमालेले जसपासित गठबन्धन गरेपछि रुष्ट बनेका उनीहरूले पार्टी परित्याग गरेका हुन्। एमाले परित्याग गर्नेमा संविधान सभा सदस्यद्वय इस्लाम हवारी र फुलझरी देवी छन्।

ADVERTISEMENT

हवारी र फुलझरी ०६४ सालको संविधान सभा सदस्यमा नेकपा माओवादीबाट निर्वाचित भएका थिए। उनीहरूसँगै एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कदम रसुल, मधेस प्रदेश समिति सदस्य बाबाुराम कौशिक, जोगिन्दर साह छन्।

त्यसैगरी पर्सा जिल्ला सदस्य सन्तोष श्रेष्ठ, शम्भु पाल, विजय गुप्ता, सञ्जीव गुप्तालगायत ५ सय ४२ जनाले एमाले परित्याग गरेका हुन्।

ADVERTISEMENT

कौशिक प्रभु साहले चलाएका स्वतन्त्र उम्मेदवार जिताउ अभियान पर्साका अध्यक्षसमेत हुन्। एमाले नेतृत्व जनउत्तरदायी नभई जनभावनाको मर्मविपरीत गएकाले बाध्य भई आफूहरूले पार्टी परित्याग गरेको बाबुराम कौशिकले जानकारी दिए।


प्रकाशित मिति : शनिबार, २०७९ कार्तिक १२, २१ :०५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट