Techie IT
Hetauda Khabar

बागमतीको वर्षे अधिवेशन आजदेखि अन्त्य गर्ने निर्णय


बागमती प्रदेशको मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले वर्षे अधिवेशन अन्त्य गर्ने निणर्य गरेको छ ।

जेठ ९ गतेबाट सुरु भएको बर्खे अधिवेसन आज मंगलबार रातको १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै आज बसेको मन्त्री परिषद् बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ स्विकृत गरेको मन्त्री श्रेष्ठले बताए ।

प्रदेश भित्र रहेका दलित,विपन्न घरपरिवारमा खरको छानोमुक्त बनाइने उद्देश्यले ल्याइएको सञ्चालन कार्यविधि मन्त्रीपरिषद् बैठकले स्विकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन कार्यविधि २०८० र चेपाङ, वनकरिया र माझी र बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । संघिय सरकारको ससर्त अनुदानको उक्त कार्यक्रमको लागि १२ करोड बजेट रहेको समेत मन्त्री श्रेष्ठले बताए ।

बागमती प्रदेशसभाकोे सोमबार साँझ बसेको प्रदेशसभाको बैठकले दुईवटा विधेयक सर्वसम्मतले पारित गरेको थियो ।

बैठकले प्रदेश सञ्चारमाध्ययम व्यवस्थापन ऐन-२०७५ लाई संसोधन गर्न बनेको विधेयक प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन दास्रो संसोधन-२०८० लाई सर्वसम्मतले पारित गरेको हो । यस्तै प्रदेश सरकारी कामकाजको भाषाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक -२०८० पनि सर्वसम्मतले पारित भएको हो ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट