Techie IT
Hetauda Khabar

हेटौंडाको सिद्धार्थ शिशु सदनमा नमुना निर्वाचन, स्कुल क्याप्टेनमा असिम र प्रशंसा निर्वाचित


हेटौंडा-५ स्थित सानोपोखरामा रहेको सिद्धार्थ शिशु सदन माविमा शुक्रबार विद्यालय नमुना निर्वाचन सम्पन्न भएको छ । विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन, कक्षागत् क्याप्टेन र भाइस क्याप्टेनको प्रतिस्पर्धा भएको थियो ।

निर्वाचनमा स्कुल क्याप्टेनमा छात्रतर्फ असिम कुइकेल २ सय १४ मत ल्याएर निर्वाचित भएका छन् भने छात्रातर्फ क्याप्टेनमा १ सय ७८ मत ल्याइ प्रशंसा अर्याल निर्वाचित भएकी छन् । छात्र भाइस क्याप्टेनमा अग्रिम खड्का २ सय १७ मत प्राप्त गरी निर्वाचित भए ।

छात्रातर्फ प्रीति यादब ३ सय २० मत प्राप्त गरी निर्वाचित भएकी छन् । कक्षागतमा ब्लु हाउसका प्रमिश गुरुङ, कीतार्थ ढोडारी, एल्लो हाउसबाट शुभम् कार्की र आशिका ढकाललगायत विभिन्न हाउसबाट क्याप्टेन र भाइस क्याप्टेन चयन भएका थिए ।

विद्यार्थीहरुलाई चुनाबी प्रक्रिया सिकाउन कार्यक्रम आयोजना गरिएको विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक केदारनाथ न्यौपानेले जानकारी दिए । कार्यक्रम विद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीको सभाध्यक्षतामा भएको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट