Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मनहरी गाउँपालिका अध्यक्षको गुण्डागर्दी शैली, पत्रकार बोलाएर थुनियो, प्रहरीद्वारा स्कटिङ


मनहरी गाउँपालिकाले बोलाएको पत्रकार सम्मेलनमा जाँदा शनिबार मकवानपुरका पत्रकार थुनिएका छन् ।

ADVERTISEMENT

गाउँपालिकाले गरेको करोडौं राजस्व हिनामिनाको विषयमा संचारमाध्यममा आएका समाचारको खण्डन गर्न पालिका अध्यक्ष रंजन कालाखेतीले शनिबार दिउसो पालिका नजिकै रहेको लामिटार भवनमा पत्रकारलाई बोलाएका थिए । तर पत्रकार सम्मेलनको नाममा जिल्लाका पत्रकार बोलाएर अध्यक्ष कालाखेतीले गुण्डागर्दी शैली अपनाएका छन् । समाचारको विषयलाई लिएर गर्ने भनिएको पत्रकार सम्मेलन स्थलमा कालाखेतीले युवाहरुको जत्था उपस्थित गराए ।

ADVERTISEMENT

पत्रकार सम्मेलन स्थलमा पत्रकारहरु पुगेपछी सयौंका संख्यामा रहेका युवाहरुले पत्रकारलाई अपशब्द प्रयोग गर्दै गाली गलौजसमेत गरेका थिए । पत्रकार सम्मेलनमा युवाहरुको हुल देखेपछी बाहिरिन खोज्दा पत्रकारलाई बाहिर जान नदिनु भन्ने आदेश छ भनि रोकिएको थियो ।

उक्त स्थानमा संचारकर्मीहरुले असुरक्षित महसुस गरेपछी प्रहरीलाई सम्पर्क गरेका थिए ।

ADVERTISEMENT

‘समाचारको विषयमा पत्रकार सम्मेलन भनि बोलाइयो, गएका सम्पूर्ण संचारकर्मीलाई भित्रै थुन्ने काम भयो, असुरक्षित महसुस भएपछी प्रहरीलाई खबर गरे, प्रहरीकै स्कटिङमा पत्रकार फिर्ता भए’, पत्रकार शिव कुमार रिजाल काशीले भने।

‘हुल निकै भएपछी कार्यक्रम छाडेर निस्किएको थिए, हामी भित्र पसेपछी गेट बन्द गरिएको थियो, बाहिर जान्छु भन्दा पत्रकारलाई बाहिर जान नदिनु भनिएको छ भने, फेरी हामी भित्र गयौं, पत्रकार देवराज पन्तले भने।

गाउँपालिकाको समाचार लेख्ने पत्रकार राममणि न्यौपानेले पत्रकार सम्मेलनमा पत्रकारलाई हातपात गर्ने शैलीमा युवाहरु जम्मा भएको बताएका छन् । असुरक्षित महसुस भएपछी आफ्नो गाडीलाई प्रहरीले स्कटिङ गरेर हेटौंडासम्म ल्याएको उनले बताए ।

कार्यक्रम स्थलमा पत्रकारलाई अघोषित रुपमा बन्दी बनाएपछी प्रहरी परिचालन भएको थियो । प्रहरी आएपछी युवाहरुको हुल तितरबितर भएको थियो । पत्रकार सम्मेलनको नाममा गाउँपालिका अध्यक्षको यो शैलीप्रति मकवानपुरका पत्रकारहरुले आलोचना गरेका छन् भने नेपाल पत्रकार महासंघले पत्रकारमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ ।


प्रकाशित मिति : शनिबार, २०८० भदौ ३०, १९ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट