Techie IT
  • १६ वैशाख २०८३, बुधबार
Hetauda Khabar
  • १६ वैशाख २०८३, बुधबार

हेटौंडामा डाक्टर कुट्नेलाई ७२ घण्टा भित्र कारबाही नभए देशभर सेवा ठप्प पार्ने चेतावनी


नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि कुटपिट गर्नेलाई  ७२ घण्टाभित्र कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ।

ADVERTISEMENT

संघले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ज्ञापन पत्र बुझाउँदै  हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टा भित्रमा कानूनी कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।

ADVERTISEMENT

७२ घण्टाभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघले चेतावनी दिएको छ ।

बुधबार सन्चो अस्पतालका डाक्टर  विकास थापा र प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।

ADVERTISEMENT

नेपाल चिकित्सक संघको माग प्रति नेपाल सरकारी चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ। सरकारी चिकित्सक संघले पनि आज विज्ञप्ती जारी गर्दै डाक्टर कुटपिट गर्नेलाई  कानूनी दायरामा ल्याउन माग गरेको छ।


प्रकाशित मिति : बिहिबार, २०८० भदौ २८, १८ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट