Techie IT
Hetauda Khabar

डाक्टर कुटपिट प्रकरण- चिकित्सक संघको टोलीलाई प्रधानमन्त्रीले भने- दोषीलाई तुरुन्त कारबाही हुन्छ


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टरमाथि आक्रमण गर्नेलाई तुरुन्त कारबाही गर्ने बताएका छन्।

हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेट्न गएका नेपाल चिकित्सक संघका प्रतिनिधिलाई प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेले उन्मुक्ति नपाउने बताए।

प्रधानमन्त्री प्रचण्डले त्यसका लागि प्रहरीलाई निर्देशनसमेत दिइसकेको बताए। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथिको आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्दता जनाएको संघका महासचिव डा सन्जिव तिवारीले जानकारी दिए।

चिकित्सकलाई आक्रमण गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सक सघका अध्यक्ष डा अनिलबिक्रम कार्की, महासचिव डा सन्जिव तिवारी लगाएतको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको थियो।

बिरामीको मृत्यु भएको विषयलाई लिएर बुधबार हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डा. प्रशान्त बिडारी र डा विकास थापामाथि  कुटपिट भएको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट