Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा भारी वर्षा, बाढी आउने तथा डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह


मकवानपुरमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

ADVERTISEMENT

विभागका अनुसार मकवानपुरको हेटौडामा अहिले भारी वर्षा भइरहेको छ। त्यहाँ पछिल्लो १ घन्टामा १९.४ मिलिमिटर वर्षा भएको छ भने पछिल्लो ३ घन्टामा ८१.६ र २४ घन्टामा १४०.४ मिलिमिटर वर्षा भएको छ।

ADVERTISEMENT

अविरल वर्षाका कारण हेटौँडा र मकवानपुरगढी क्षेत्रमा बाढी तथा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

मकवानपुरकै गढी क्षेत्रमा पछिल्लो ३ घन्टामा ७२.६ मिलिमिटर वर्षा मापन भएकाले पहिरो र तटीय क्षेत्रमा बाढीको जोखिम औंल्याइएको छ।

ADVERTISEMENT

वर्षाका कारण हेटौंडा आसपास क्षेत्रका कर्रा, सामरी, पूर्वी राप्ती नदी लगायत अन्य खोला तथा खहरेमा जल सतह बढ्नुको साथै आकस्मिक बाढी आउने तथा डुबानमा पर्ने सक्ने सम्भावना रहेकाले दिनभर सतर्कता अपनाउन भनिएको छ ।


प्रकाशित मिति : आइतवार, २०८० साउन २८, १० :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट