Techie IT
Hetauda Khabar

हेटौंडामा क्यानका कार्यवाहक सचिव पाठकमाथि अज्ञात व्यक्तीले मोबिल छ्यापेर भागे


हेटौंडामा नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि अज्ञात व्यक्तीले मोबिल छ्यापेर भागेका छन्।

शनिबार बिहान हेटौंडा-४ क्विक ट्वान्टी होटलमा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेर भागेका हुन् ।

स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोबिल छ्याप्ने व्यक्तिहरूको पहिचान नखुले पनि सिसिटिभी फुटेज भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले फुटेजको आधारमा उनीहरूको खोजी गरिरहेको बताएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट