Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा क्यानका कार्यवाहक सचिव पाठकमाथि अज्ञात व्यक्तीले मोबिल छ्यापेर भागे


हेटौंडामा नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि अज्ञात व्यक्तीले मोबिल छ्यापेर भागेका छन्।

ADVERTISEMENT

शनिबार बिहान हेटौंडा-४ क्विक ट्वान्टी होटलमा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेर भागेका हुन् ।

ADVERTISEMENT

स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोबिल छ्याप्ने व्यक्तिहरूको पहिचान नखुले पनि सिसिटिभी फुटेज भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले फुटेजको आधारमा उनीहरूको खोजी गरिरहेको बताएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० साउन २७, १४ :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट