Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बागेश्वरी सहकारीद्वारा हेटौंडा ११ का महिलालाई धुप बनाउने तालिम


हेटौंडाको बागेश्वरी बचत तथा ऋण सहकारी सस्थाले महिलाहरुलाई धुप बनाउने तालिम दिएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका- ११ मा रहेको सहकारीले हेटौंडा ११ का गृहिणी महिलाहरुलाई २ दिने बाटेको धुप बनाउने तालिम दिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताउनुभयो ।

ADVERTISEMENT

हेटौंडा ११ का  ६० जना महिलालाई तालिम दिइएको सहकारीले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले यस्ता कार्यक्रम आगामी दिनमा पनि संचालन गर्ने श्रेष्ठले बताउनुभयो।

कार्यक्रममा सिता मानन्धरले सहजीकरण गर्नुभएको थियो । तालिमको सोमबार समापन गरिएको हो । समापन कार्यक्रममा सहकारीमा अध्यक्ष आसा कुमारी अधिकारी, टोल विकास सस्था वडा समन्वय समिति हेटौंडा-११ का अध्यक्ष यज्ञ बहादुर आचार्य, सिमलटार टोल विकास सस्थाका अध्यक्ष सूर्यमान लामा, सुन्दरलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० साउन २३, १७ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट