Techie IT
Hetauda Khabar

हेटौंडामा पहुँच हुनेले मात्र पाउछन् बिजुलीको पोल, सिधै पैसा माग्छन् प्राधिकरणका कर्मचारी


हेटौंडा उपमहानगरपालिका- ११ स्थित सिमलटारका स्थानीयले बिजुलीको पोल माग गरेको ५ वर्ष भैसक्यो ।

अव्यवस्थित बसोबास रहेको सिमलटारमा करिव २ हजार धरधुरी रहेका छन् । जसमा करिव २ सयबढी घरधुरी बिजुलीको पोल नहुँदा समस्यामा छन् । विद्युत प्राधिकरणमा पटक-पटक ताकेता गर्दापनि पोल उपलब्ध नभएको सिमलटारका स्थानीय बताउछन् ।

टोल विकास मार्फत दर्जनौ पटक प्राधिकरणमा गयौं, सबैलाई भन्यौं तर यतिका वर्ष भयो पोल आउदैन प्राधिकरणका कर्मचारीले पैसा लाग्छ भन्छन् हामी समस्यामा छौं”, स्थानीय राम घिमिरेले गुनासो पोखे ।

सिमलटारमा घरमा बिजुली तान्नको लागि बाँस, फलामको पाइप, काठलगायतको प्रयोग गरिएको छ, जसले गर्दा दुर्घटनाको जोखिम बढिरहेको स्थानीय बताउछन् ।

पहुँच र चिनेजानेको आधारमा पोल आउने गरेको र टाठाबाठाले सडकनै नपुगेको ठाउँमा समेत पोल गाडेको तर समस्या परेको ठाउँमा पोल उपलब्ध नभएको स्थानीयको गुनासो छ ।

उता विद्युत प्राधिकरणले पनि पहुँचका आधारमा पोल दिने गरेको पाइएको छ । प्राधिकरणले सडकनै नपुगेको स्थानमा पोल गाडेको, पहुँचका आधारमा व्यक्तिको पर्खाल भित्रै फलामे पोल हालिदिएको पाइएको हो । विद्युतीकरणमा प्राधिकरणले मनलाग्दी गर्दा यहाँका स्थानीय समस्यामा परेका छन् ।

वर्षौंदेखि बिजुलीको पोलका लागि स्थानीयले अनुरोध गरेपनि प्राधिकरणले बेवास्था गर्ने गरेको छ ।  बिजुलीको पोल हाल्दा वा विद्युतको मिटर जडान गर्दा पनि  प्राधिकरण हेटौंडाका कर्मचारीले रकम माग्ने गरेको र नदिए विद्युतसम्बन्धि काम नगर्ने गरेको स्थानीयले बताएका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट