Techie IT
Hetauda Khabar

बकैयाका ११ जना भूमिहीनलाई लालपुर्जा वितरण


मकवानपुरको बकैया गाउँपालिकाका भूमिहीन सुकुम्बासी तथा दलितहरुका लागि लालपुर्जा वितरण गरिएको छ ।

शनिबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ११ जना भूमिहीन सुकुम्बासीलाई जग्गा धनि पुर्जा वितरण गरेका हुन् ।

लालपुर्जा वितरणका क्रममा मुख्यमन्त्री जम्मकट्टेलले सक्कली भूमिहीन पहिचान गरेर सरकारले सबै भूमिहीनलाई लालपुर्जा दिने बताए । उनले आफ्नो नाममा जग्गा हुँदाहुँदै झुक्याएर भूमिहीन नबन्न आग्रह गरे।

बकैया-५ का शुक्रबहादुर बुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवास कुमार विक, शुसिला विश्वकर्मा, बाबुलाल थिङ, कमलबहादुर थिङ, हस्तबहादुर थिङ र लक्ष्मण थिङले लालपुर्जा प्राप्त गरेका छन् । उनीहरुले ३४० वर्ग मिटर क्षेत्रफलको जग्गा पूर्जा प्राप्त गरेका हुन् ।

यसैगरी, कान्छीमाया पुलामीले ३३८.२७२ वर्गमिटर  र विनोद वाईवाले १५०.५२ वर्गमिटर क्षेत्रफलको जग्गा प्राप्त गरेको राष्ट्रिय भूमि आयोग मकवानपुरको जनाएको छ ।

आयोगको गत असार १३ गतेको निर्णय अनुसार उनीहरुले आज पूर्जा प्राप्त गरेका हुन् । वडामा लगत संकलन भएका ६४ घरपरिवार मध्ये ११ घरपरिवारले मात्रै पूर्जा प्राप्त गरेको र बाँकीको प्रकियामा रहेको वडा कार्यालयले जनाएको छ ।

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेल, प्रदेशको सामजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट