Techie IT
Hetauda Khabar

हेटौंडामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु


हेटौंडामा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

सोमबार साझ हेटौंडा-१० स्थित जिल्ला प्रहरी कार्यालय मोडनजिक शिवम सिमेन्ट उद्योगबाट आएको ना.६ख ८८९० नं.को ट्रकले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको हो ।

६३ वर्षिय लाल बहादुर घिसिङ्लाई ट्रकले ठक्कर दिदा दुबै खुट्टा र टाउकोमा चोट लागी गम्भिर घाईते भई उपचारको लागी हेटौडा अस्पताल लागिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट