Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडामा यौनधन्दा चलाउने होटल संचालकसहित ८ जना पक्राउ


मकवानपुर प्रहरीले हेटौंडा–१० बसपार्कमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट होटल संचालक सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेष्ट हाउस संचालक हेटौंडा–२ बस्ने ४१ बर्षीय बिक्रम श्रेष्ठ र ७ जना युवती रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

ADVERTISEMENT

गेष्ट हाउसबाट पक्राउ पर्ने महिलाहरु हेटौंडा उपमहानगरपालिका–१ चाईना क्वाटर बस्ने २६ बर्षीय प्रमिला लामा, हेटौंडा–११ थानाभ¥र्याङ बस्ने २२ बर्षीय पुजा लामा, भिमफेदी गाउँपालिका २ बस्ने २३ बर्षीय ममता लामा, सुनसरी ईटहरी नगरपालिका १० बस्ने २१ बर्षीय बिनिता राई, धरान उपमहानगरपालिका–१० बस्ने २० वर्षीय सुवर्ण राई, चितवन भरतपुर महानगरपालिका–११ बस्ने २१ बर्षीय आशु दराई, ईलाम माई नगरपालिका ८ बस्ने २६ बर्षीय मन्जिला शेर्पा रहेका छन् ।

ADVERTISEMENT

गएराति टिसिएन क्षेत्रमा सडकमा अनैतिक क्रियाकलाका लागि मोलमोलाई गर्ने क्रममा हल्ला भएपछि स्थानीयले प्रहरी बोलाएर घट्नाबारे जानकारी गराएका थिए । प्रहरी नायव उपरीक्षक कार्कीले गेष्ट हाउसमा हो–हल्ला गरेर लफडा गरेको भन्दै उजुरी परेपछि सञ्चालक श्रेष्ठ र ७ जना युवतीहरुलाई नियन्त्रणमा लिएको बताएका छन् ।

गएराति पौने १२ बजे उक्त होटलमा प्रहरीले छापा मारेको थियो । सो समयमा ९ जनालाई नियन्त्रणमा लिएपनि दुई जना पुरुषको नाम गोप्य नै राखेको प्रहरीमाथि आरोप छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० साउन १, १९ :५६ बजे
ट्याग : #जिल्ला प्रहरी कार्यालय मकवानपुर, #प्रहरी, #यौनधन्दा, #होटल

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट